लोड हुँदैछ...

मेनु

नेपाल उद्योग तथा व्यवसायी कोशी प्रदेश कमिटीले मुख्यमन्त्रीसमक्ष राख्यो प्रदेशको विकास सम्बन्धी माग

नेपाल उद्योग तथा व्यवसायी कोशी प्रदेश कमिटीले मुख्यमन्त्रीसमक्ष राख्यो प्रदेशको विकास सम्बन्धी माग

विराटनगर । नेपाल उद्योग तथा व्यवसायी कोशी प्रदेश कमिटीका प्रतिनिधिहरूले कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कार्कीलाई भेटेर प्रदेशको समग्र विकासका लागि विभिन्न क्षेत्रमा सुधारका मागहरू प्रस्तुत गरेका छन्। भेटघाटका क्रममा कमिटीका पदाधिकारीहरुले कृषि, उद्योग, पर्यटन, जलविद्युत लगायत आठ क्षेत्रमा विकासका लागि विशेष नीतिगत व्यवस्था गर्न माग गरेको छ।

कृषि क्षेत्रको विकासका लागि बीउ, मल, सिंचाइ र आधुनिक कृषि उपकरणहरूमा अनुदान बढाउनुपर्ने, साथै कृषि प्रशोधन उद्योगहरूलाई प्रोत्साहन र बजार सम्बन्धमा किसानहरूलाई सहयोग गर्नुपर्ने माग राखिएको छ। विशेषगरी जैविक र जलवायु–अनुकूलन खेतीको प्रवर्द्धन तथा डिजिटल कृषि कार्डको विस्तारमा जोड दिइएको छ।जलविद्युत र नवीकरणीय ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै इजाजतपत्र प्रक्रिया सरल बनाउनुपर्ने माग राखिएको छ।

पर्यटन विकासका लागि वातावरणीय संरक्षण उपायहरू सहित पर्यटन क्षेत्रहरू परिभाषित गर्न, होम स्टे र समुदायमा आधारित पर्यटनलाई प्रोत्साहन दिन तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने कुरामा जोड दिइएको छ।

औद्योगिक क्षेत्रको विकासका लागि सुनसरी –मोरङ र अन्य उद्योगमा औद्योगिक क्षेत्रहरूलाई बलियो बनाउनुन कर छुट, जग्गा भाडा अनुदान र वित्तीय सहयोग प्रदान गर्न माग गरिएको नेपाल उधोग तथा ब्यबासायी कोशी प्रदेश कमिटीका अध्यक्ष माधबराज थापाले बताए ।व्यापार तथा व्यवसाय, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य र प्राकृतिक स्रोत क्षेत्रमा पनि प्रदेश सरकारले विशेष नीति तय गरी कार्यान्वयन गर्नु पनि माग राखिएको उनले बताए ।

मुख्यमन्त्री कार्कीले व्यवसायीहरूको मागप्रति सकारात्मक रहेको बताउँदै प्रदेशको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले कोशी प्रदेशको आर्थिक विकासका लागि उद्योग तथा व्यवसायको महत्वपूर्ण भूमिका रहेको स्वीकार गर्दै प्रस्तुत सुझावहरूलाई प्रदेश सरकारले गम्भीरतापूर्वक लिने बताए।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

ख‍ोमकान्त रेग्मी
March 3, 2025 10:17 PM

राम्रो काम हो

प्रतिक्रियाहरू बन्द छन्।

This will close in 0 seconds