लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक विदा

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक विदा

विराटनगर । कोशी प्रदेश सरकारले शुक्रबार प्रदेशभरी सार्वजनिक विदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार आदिवासी दिवसको दिन कोशी प्रदेशमा सार्बजनिक बिदा दिइएको हो ।

अन्तर्राष्ट्रिय आदिवासी दिवसलाई उत्सवका रुपमा मनाउन प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थामा विदा दिने निर्णय भएको प्रदेश सरकारले जनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विदाको निर्णय गरेको हो ।

यसअघि प्रदेशको क्यालेन्डरमै आदिवासी जनजाति दिवसमा विदा दिने उल्लेख थियो । तर, यो वर्ष क्यालेन्टरबाट कटाइएको विदा मन्त्रिपरिषदले निर्णय गरेर दिएको हो । संघीय सरकारले तोकेको अतिरिक्त प्रदेश सरकारले थप ६ वटा विदा दिने पाउने व्यवस्था छ ।

संयुक्त राष्ट्रसंघले सन् १९९४ को अगस्त ९ बाट विश्व अदिवासी दिवस मनाउने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।