काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतविरुद्ध नेपालले २–१ को सेटमा अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार जारी फाइनल खेलको पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने १४–२५ ले गुमाएको थियो । तर तेस्रो सेटमा २५–२२ को जित निकाल्दै नेपालले खेलमा पुनः अग्रता बनाएको हो।
पहिलो सेट गुमाएको भारतले दोस्रो सेटमा जित निकाल्दै पुनरागमन गरेपनि तेस्रो सेट भने गुमाउन पुग्यो। दोस्रो सेटको सुरुवातबाट नै प्रतिस्पर्धात्मक देखिएको खेलमा नेपालले लय गुमाउन पुग्दा दोस्रो सेट गुमायो।