लोड हुँदैछ...

मेनु

काभा भलिबलको फाइनल खेलको पहिलो सेटमा नेपालले भारतलाई हरायो

काभा भलिबलको फाइनल खेलको पहिलो सेटमा नेपालले भारतलाई हरायो

काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनल खेलमा नेपालले भारततलाई पहिलो सेटमा जितेको छ ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा जारी खेलको पहिलो सेट नेपालले जितेको हो । नेपालले पहिलो सेट २५–२३ ले जितेको हो। योसँगै नेपालले एक सेटको अग्रता बनाएको छ भने भारत दबाबमा परेको छ।

नेपालले लिग चरणमा भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो।

यस्तै प्रतियोगितामा इरान तेस्रो भएको छ। बुधबार इरानले श्रीलंकालाई २५–२२, २८–२६, २५–१७ ले पराजित गर्दै प्रतियोगितामा तेस्रो भएको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।