विराटनगर । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (डीसीडी)ले डेङ्गीबाट एकजनाको मृत्यु भएको आज जनाएको छ ।
गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय ६५ जनाबाट सङ्क्रमित छन्। डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ।
कोशीप्रदेशमा ५ सय ३७, मधेसमा ४६, बागमतीमा सात सय ४७, गण्डकीमा पाँच सय आठ, लुम्बिनीमा दुई सय ४७, कर्णालीमा ३८ र सुदूरपश्चिममा दुई सय ४२ जना सङ्क्रमित भएका हुन्।
काठमाडौँ उपत्यकामा २ सय ८७, कास्कीमा एक सय ३७, झापामा एक सय ३३, चितवनमा एक सय १६ र तनहुँमा एक सय १० जना सङ्क्रमित छन्।
त्यसैगरी, हैजा सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। देशभर ३० जनामा हैजा पुष्टि भएको इडिसिडीले जनाएको हो।
हालसम्म हैजाबाट कसैको पनि मृत्यु भएको छैन।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।