बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर छोडिन देश

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् ।विद्यार्थीहरूको आन्दोलन चर्किएपछि उनले राजिनामा दिएकि हुन् ।

उनले आफ्नी बहिनीसहित देश छाडेको बीबीसी बंगलालाई उद्धृत गर्दै बीबीसी हिन्दीले लेखेको छ ।

प्रदर्शनकारीको भीड प्रधानमन्त्री निवासमा प्रवेश गरीसकेको समाचारमा जनाइएको छ । जुलाईदेखि बंगलादेशमा विद्यार्थी आन्दोलनरत छन् । सरकारी जागिरमा रहेको कोटा खारेज गर्नुपर्ने विद्यार्थीको माग छ ।

विद्यार्थी आन्दोलनपछि शेख हसिना सरकारले केही कोटा घटाए पनि विद्यार्थीहरू निरन्तर हिंसाका बीच प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागमा अडिग थिए ।

विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा हालसम्म करिब ३ सय जनाको मृत्यु भइसकेको छ ।

सोमबार, २१ साउन, २०८१, दिउँसोको ०३:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर