लोड हुँदैछ...

मेनु

नक्कली हतियार देखाएर समाजमा त्रास फैलाउने युवक प्रहरीको फन्दामा

नक्कली हतियार देखाएर समाजमा त्रास फैलाउने युवक प्रहरीको फन्दामा

विराटनगर । सामाजिक सञ्जालमा नक्कली हतियार प्रदर्शन गरी सर्वसाधारणलाई त्रसित बनाएको भिडियो भाइरल भएपछि मोरङ प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – ९ का २३ वर्षीय मो. ईजराईल रहेका छन् ।

असार १२ गते मुस्लिम समुदायको मुहर्रम पर्व मनाउने क्रममा ईजराईलले नक्कली हतियार बोकेर हिँडेका थिए । सो क्रममा उनले आम सर्वसाधारणलाई आतंकित बनाएको भिडियो सामाजिक सञ्जालमा व्यापक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनको खोजी कार्य तीव्र पारेको थियो ।

प्रहरीले सुक्ष्म अनुसन्धान र खोजतलास गरी उनलाई सोमबार राति ९:४० बजेको समयमा विराटनगरस्थित आफ्नै घरबाटै उक्त नक्कली हतियारसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो । चाडपर्व र मेलाको समयमा हतियार देखाएर समाजमा भय पैदा गर्ने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।