सुनसरीको धरानमा कार्यरत चार प्रहरीमाथि कार्वाही

धरान । सुनसरीको धरानस्थित इलाका प्रहरी कार्यालयका दुई जना प्रहरी हवल्दार प्रहरी आचारसंहिता विपरित कार्य गरेको भन्दै आन्तरिक कारबाहीमा परेका छन् ।

कारबाहीमा पर्ने प्रहरी हल्वदार जीवन राई र प्रहरी हवल्दार हेमराज सुवेदी छन् ।

उनीहरूलाई आन्तरिक कारबाहीस्वरुप जिल्ला प्रहरी कार्यालय सुनसरी कार्यालयमा तानिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाका डिएसपी प्रवक्ता नवीनराज भण्डारीले प्रहरी आचारसंहिता विपरीत सूचना बाहिर लिक गरेकोमा दुई जना प्रहरीलाई कारबाही गरिएको पुष्टि गरेका छन् ।

पक्राउ पुर्जी जारी भएको सूचना बाहिर चुहाउने र अपराधको सूचीमा परेका मानिसलाई सूचना दिएर भाग्न सहयोग गरेको विशेष प्रमाणका आधारमा उनीहरूलाई कारबाही भएको हो । त्यसबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।

धरान उपमहानगरपालिका नगर प्रमुख हर्क साम्पाङको कार्यकक्षमा सञ्चारकर्मी सञ्जीता धमलामाथि हातपात गर्ने दुई जना महिला प्रहरी जवानलाई समेत आन्तरिक कारबाही भएको छ । कारबाहीमा पर्ने महिला प्रहरीमा प्रहरी सहायक हवल्दार ममता कापट र प्रहरी जवान निशा खड्का छन् । कारबाहीमा परेपछि जवान खड्काले जागिरबाट राजीनामा दिएको स्रोतले बताएको छ ।

बुधबार, १६ साउन, २०८१, दिउँसोको ०१:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर