विराटनगर । सुनसरी र मोरङको छुट्टाछुट्टै स्थानबाट गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुनसरीको देवानगञ्जबाट साहेबगञ्ज तर्फ लागुऔषध गाँजा लिएर जाँदै गरेको मिनि ट्रकलाई प्रहरीले रोकी चेकजाँच गर्दा त्यसमा ४४० किलोग्राम गाँजा लोड गरिएको फेला परेको थियो। त्यसैगरी त्रकमा सवार चालक, सहचालक र अर्का एक जना समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूको साथबाट नगद रुपैयाँ र मोबाइल फोन समेत बरामद गरिएको छ।
अर्कोतर्फ मोरङको बिराटनगरमा केरा बोकेको पिकअप भेनबाट गाँजा अनलोड गर्दैगरेको अवस्थामा चेक जाँचगर्दा २५० किलोग्राम गाँजा भेटिएको थियो। पिकअप चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ।
यसरी जम्मा ६९० किलोग्राम लागुऔषध गाँजा र ४ जना सम्बन्धित व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। लागुऔषधको कारोबार विरुद्धको यस अभियानमा प्रहरीले सफलता हात पारेको बताइएको छ। अहिले पक्राउ परेकाहरूबाट थप बयान लिई अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।