काठमाडौ । टी–ट्वेन्टी सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’सँग नेपाल २८ रनले पराजित बनेको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिले ब्याटिङ गरेको थियो । वेस्ट इन्डिज ‘ए’ले आजको खेलमा नेपाललाई दुई सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । पाहुना टोली वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमार २ सय ९ रन बनाएको हो ।

पुनरागमनको लक्ष्यसहित चौथो टि–ट्वेन्टी खेलमा जवाफी ब्याटिङमा उत्रिएको नेपालले २० ओभरमा १ सय ८१ रन मात्र बनाउन सक्यो ।