आज कोशी र गण्डकीको पहाडी भागका पानी पर्ने सम्भावना

काठमाडौं । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली भई बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण अहिले देशको पहाडी भूभागमा आंशिक बदली भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भागमा मौसम मुख्यतया सफा छ।

कोशी र गण्डकी प्रदेशको पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाको सम्भावना छ।

कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहिबार, २० बैशाख, २०८१, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर