फाकफोकथुमको मतगणना सकिँदा सुहाङले बनाए ११ सय भन्दा बढीको अग्रता,रास्वपा चौथो

विराटनगर । इलाम–२ उपनिर्वाचनका इलामको फाकफोकथुम गाउँपालिकाको मत गणना सकिएको छ । फाकफोकथुम सकिदा एमालेले १ हजार १२८ को मतान्तर बनाएको छ ।

इलामको फाफोकथुम गाउँपालिकाको मतदान सकिँदा सम्म एमालेका सुहाङ नेम्बाङले अग्रता कायम राखेका छन् । उक्त गाउँपालिकाका १,२ र ३ नम्बर वडामा कांग्रेसका डम्बर खड्का अगाडी थिए भने ४,५,६ र ७ नम्बर वडामा नेम्बाङले अग्रता लिएका छन् । एमालेका नेम्वाङले ४ हजार ४१३ मत पाएका छन् भने काँग्रेस उम्मेदवार डम्बर खड्काले ३ हजार २५८ हजार पाएका छन् । ४ नम्बर वडाको गणनापछि सुहाङले अग्रता लिएका हुन् ।

अहिलेसम्म पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ९६३ भोट ल्याएका छन् भने रास्वपाका मिलन लिम्बू ६४५ मत पाएका छन्

चुलाचुली गाउँपालिका वडा नम्बर १ को मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आइतबार, १६ बैशाख, २०८१, रातीको ११:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर