तेस्रो लगानी सम्मेलन आजदेखि

काठमाडौं । तेस्रो लगानी सम्मेलन आजदेखि शुरु हुँदैछ । सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता रहने जनाइएको छ ।

दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको लगानी बोर्डले जनाएको छ । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउने

बोर्डले जनाएको छ । सम्मेलनमा नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ भने चीनका २ सय ६५, भारतका १ सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुने जनाइएको छ

यस्तचै दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका ९–९ जना सम्मेलनमा सहभागी हुन लागेको लगानी बोर्डले जनाएको छ ।

पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चाररचार जनाको सहभागिता रहने जनाइएको छ ।

लगानीका निम्ति प्रस्तुत गरिने परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिने छन् भने २० वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिने छ ।

आइतबार, १६ बैशाख, २०८१, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर