चुनावको दिन यातायात बन्द हुने

विराटनगर । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार हुने प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनको सबै सुरक्षा तयारी पूरा भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर निर्वाचनको तयारीका बारेमा जानकारी दिएको हो ।

उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको जानकारी दिँदै निर्वाचन पूर्वको सुरक्षा अवस्था र त्यस दिनको सुरक्षा योजना तयार पारेको त्यस क्रममा जानकारी दिएको थियो ।

उपनिर्वाचन हुने क्षेत्रमा पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको जानकारी दिँदै इलाम र बझाङमा गरी २ हजार ३८७ जना प्रहरी परिचालन हुने जानकारी दिएको छ ।

मतदानको दिन यातायात बन्द

इलाम–२ को उपनिर्वाचनको सुरक्षा व्यवस्थालाई ख्याल गर्दै शनिबरा इलाम जिल्लाभर यातायात बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयकले बोलाएको सर्वदलीय छलफलमा वैशाख १५ गते इलाम जिल्लाभर यातायात सञ्चालन नगर्ने सहमति भएको थियो । त्यस दिन मेची राजमार्गसहित जिल्ला भरिनै बिहान ५ देखि बेलुका ६ बजेसम्म यातायात बन्द गर्ने निर्णय गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसहित बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले मतदानका दिन शान्ति सुरक्षा कायम राख्न सहज हुने निष्कर्षसहित यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । बैठकले अत्यावश्यक र अनुमति प्राप्त सवारी बाहेकका सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

मतदानका दिनलाई छिमेकी जिल्लाहरु झापा, पाँचथर, ताप्लेजुङ् र मोरङलगायत सबै जिल्लालाई जानकारी गराइएको र सबै जिल्ला जोडिने नाका पनि बन्द हुने प्रजिअ यादवले जानकारी दिए ।

निर्वाचन अनुगमन र समाचार संकलनका लागि भने जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट सवारी पास उपलब्ध गराउने सहमति भएको छ ।
मतदानका दिन हिँड्डल गर्न नसक्ने, गर्भवती महिला, आफ्नै साथमा बच्चा बोकी आएका महिला, किरियापुत्री, शारीरिक रुपमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई मतदान केन्द्रसम्म आउन र फर्कन सर्वपक्षीय र सर्वदलीय सहमातिमा मतदान अधिकृतबाट अनुमति लिएर सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

शुक्रबार, १४ बैशाख, २०८१, बिहानको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर