कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

विराटनगर । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । उनलाई उपस्थितमध्ये २३ सांसदले विश्वासको मत दिएका छन् ।

कर्णाली प्रदेशमा ४० जना सांसद छन् । कँडेललाई २१ को समर्थन आवश्यक थियो । मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका तीन जना सांसद अनुपस्थित देखिए ।

एकजना निलम्बनमा परेका र दुई जना अनुपस्थित थिए। सभामुखसहित ३९ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे ।

एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका ९, माओवादीका १३ र एकीकृत समाजवादीका एक सांसदले मत दिएका हुन् । कांग्रेसका १५ जना सांसदमध्ये संसदीय दलका नेता जीवनबहादुर शाही निलम्बनमा छन् भने सांसद राजीव विक्रम शाह र जानकी सिंह संसद्‌मा उपस्थित भएनन् ।

कांग्रेसका १२ जना सांसदले विपक्षमा मतदान गरे भने भने राप्रपाकी सांसद सन्तोषी शाही मतदानमा सहभागी भइनन् ।

बिहिबार, १३ बैशाख, २०८१, साँझको ०५:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर