छानबिन समिति नबनेसम्म सदन चल्दैन : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय छानबिन समिति नबनेसम्म सदन चल्न नसक्ने चेतावनी दिएका छन् ।

मंगलबार इलामको चुलाचुलीको चुनावी सभालाई सम्बोधन गर्दै उनले सुशासन सिकाउने पार्टी र उसको सभापति सहकारी ठगीमा मुछिएको बताए । सुशासन सिकाउने पार्टीको सभापति नै संसदीय छानबिन समिति बनाउन डराएको उनको दाबी थियो ।

नेता कोइरालाले नेपाली कांग्रेस नै पहिचानको मुद्दा सबैभन्दा पहिले उठाउने पार्टी भएको बताए ।

नेता कोइरालाले चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गर्ने बताए ।

चुलाचुलीमा कांग्रेसकै पहलमा छिटो भन्दा भन्दा छिटो मालपोत कार्यालय र नापी कार्यालय चुलाचुली आउने उनले दाबी गरे ।

मङ्गलबार, ११ बैशाख, २०८१, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर