कतारका राजालाई राष्ट्रपति पौडेलद्वारा स्वागत

विराटनगर । कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई नेपाल आइपुगेका छन् । उनलाई राष्ट्रपति राचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गरेका छन् ।

उनको सम्मानस्वरुप नेपाली सेनाले २१ तोपको सलामी दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राजकीय दुईदिने भ्रमणका लागि नेपाल आएका कतारी राजा थानीसँग राष्ट्रपति पौडेलको औपचारिक भेट भने शीतलनिवासमै हुनेछ ।

कतारी राजाको सम्मानमा राष्ट्रपति पौडेलले आज राजकीय भोजको आयोजनासमेत गरेका छन् । कतारी राजा पहिलोपटक नेपाल भ्रमणमाआएका हुन ।

कतारी राजाको नेपाल भ्रमणका क्रममा सम्मानस्वरुप सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि कतारी राजाले आजै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका क्रममा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय छ ।

कतारी राजा भोलि(बुधबार) नेपाल भ्रमण सकेर स्वदेश फर्कने कार्यतालिका छ ।

मङ्गलबार, ११ बैशाख, २०८१, साँझको ०५:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर