समाचार प्रभाव

मन्टेश्वरीमा महानगरको अनुगमन, अनुमति नलिई चलाएका कक्षा तत्काल बन्द गर्न निर्देशन

विराटनगर । द लता वृन्दाबन मन्टेश्वरी स्कुललाई आवश्यक पूर्वाधार पूरा गरी अनुमति पाएको कक्षा मात्र सञ्चालन गर्न विराटनगर महागनरपालिकाले निर्देशन दिएको छ । महानगरपालिकाले अनुमति नलिई कक्षा नचलाउन र चलाएको भए त्यस्तो कक्षा तत्काल बन्द गर्न पनि भनेको छ ।

महानगरपालिकाको सामाजिक समितिले विराटनगर १५ मा सञ्चालन भइरहेको उक्त मन्टेश्वरीमा सोमबार अनुगमन गर्दै आवश्यक पूर्वाधार तत्काल पूरा गर्न र मन्टेश्वरी सञ्चालन गर्ने अनुमति लिएर कक्षा तीनसम्म पठन पाठन गर्ने काम तुरुन्त बन्द गर्न निर्देशन दिएको हो ।

समाजिक विकास समितिका संयोजक काजिबहादुर बस्नेत, शिक्षा महाशाखाका प्रमुख कृष्ण भट्टराई, शाखा अधिकृत रमेश खड्का र प्याप्सन विराटनगर महानगरपालिका सचिव अशोक लामासहितको अनुगमन टोलीले मन्टेश्वरी संचालनको लागि लिएको अनुमति अनुसार भौतिक पूर्वाधार निर्माण गर्नु पर्ने, मन्टेश्वरीको अनुमति लिएर कक्षा तीनसम्म पठनपाठन सञ्चालन गरेको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिएको हो ।

हाम्रोमत दैनिकमा पर्याप्त भौतिक पूर्वाधार बिनै मन्टेश्वरीको अनुमति लिएर कक्षा ३ सम्मको पठन पाठन गर्ने गरेको समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशन भएपछि महानगरले सोमबार उक्त विद्यालयमा आकस्मिक अनुगमन गरेको थियो ।

विराटनगर महानगरापलिकाका शिक्षा महाशाखाका प्रमुख कृष्ण भट्टराईले मन्टेश्वरी सञ्चालनको अनुमति लिएर कक्षा तीनसम्म अध्यापन गर्ने गरेको पाइएकाले तत्काल बन्द गर्न निर्देशन दिएको बताए । पूर्वाधार त मन्टेश्वरी सञ्चालन गर्न मिल्ने पनि देखिदैन उनले भने –‘ हामी निर्देशन अनुसार सच्याउन पत्राचार गर्ने छौं । निर्देशन अनुसार नसचिए फौजदारी अनुसारका कारवाही हुने छ ।’

विराटरनगरमा महानगरपालिका १५ स्थित चौधरी टोलमा सञ्चालन गर्ने अनुमति लिएर सो स्कुलले आफू अनुकुल स्थानमा अनुमति बिनाको कक्षासहित स्कुल सञ्चालन गर्दे आएको छ ।

महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय शैक्षिक प्रशासन महाशाखा वाट शैक्षिक सत्र २०७९ सालदेखि पूर्व प्राथमिक कक्षा (मन्टेश्वरी) सञ्चालनको अनुमति लिएको छ । तर चौधरी टोलमा सञ्चालन गर्ने अनुमति लिएर बैंक रोडमा आफूखुशी कक्षा ३ सम्म सञ्चालन गर्दै आएको छ ।

एक वर्षमा अपुग भौतिक संरचना पूरा गर्ने प्रतिबद्धता जनाएको मन्टेश्वरीका सञ्चालकले हालसम्म भौतिक संरचना पूरा नगरी आफू अनुकूल अर्को स्थानमा सञ्चालन गर्दे आएको अनुगमनको क्रममा फेला परेको थियो ।

अनुगमन गर्न टोली पुग्न साथ सञ्चालक बृजेश पासवानले सबै कक्षाका विद्यार्थीहरुलाई कक्षा १ मा पढिरहेको भन्न लगाएका थिए । उक्त विद्यालयले कक्षा १ देखिमाथिका विद्यार्थीहरुलाई तीनसम्मका विद्यार्थीहरुलाई मन्टेश्वरी बाहेकका विद्यार्थीहरुलाई भने गोदावरी स्केन्डरी स्कुलबाट परीक्षा दिन लगाउने गरेको छ । उक्त मन्टेश्वरीका लगानीकर्ता ललीता पासवानले आफूले मन्टेश्वरी खोलेर महिलाहरुलाई रोजगारी दिएकाले कसैले बाधा गर्न नहुने बताइन् । उनले स्कुल खोलेर स्थानीयलाई रोजगारी दिएको तर अरुले धेरै तनाव लिएको भन्दै आक्रोश व्यक्र गरिन् । उनी विराटनगर १५ का वडा सदस्य हुन् ।

शिक्षा ऐन २०७६ तथा संस्थागत विद्यालय मापदण्ड निर्देशिका २०६९ को प्रावधान अनुसार विद्यालय सञ्चालन गर्न नजिकको दुई विद्यालयको स्वीकृति लिर्नु पर्ने र विद्यालयबाट अर्को विद्यालयको दूरी ५०० मिटर हुनु पर्ने प्रावधान भएता पनि नजिककै रहेको श्रीमनोकामना इग्लिस बोर्डिङ स्कुलको स्वीकृति नलिई छेउमै सञ्चालन गरेको पाइएको हो ।

उक्त मन्टेश्वरीको सञ्चालक बृजेश पासवानले आफूहरुले मन्टेश्वरीसहित पीजी, नर्सरी, युकेजी मात्रै सञ्चालन गरेर बाँकी विद्यार्थीलाई गोदावरी सेकेन्डी स्कुलमा पठाउने गरेको अनुगमन समितिलाई बताएका थिए । तर, विद्यार्थीले अध्ययन गर्ने कक्षा नै बताएका थिए

मङ्गलबार, ११ बैशाख, २०८१, बिहानको ०७:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर