गुजरातलाई हराउदै नेपालले जित्यो फ्रेन्डसिप कपको उपाधि

विराटनगर । गुजरातलाई हराउदै नेपालले एसएमएस फ्रेन्डसिप कपको उपाधि जितेको छ । नेपालले १८ रनले पराजित गरेको हो ।

नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।

यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।

नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ७४ रन बनाए । ओपनर आसिफ शेख ३४ बलमा २ चौका र १ छक्कासहित ३४ तथा कुशल भुर्तेल २१ बलमा १९ रनमा क्याच आउट भए ।

कुशल मल्ल १३ बलमा २ चौका र २ छक्कासहित ३१ तथा सन्दीप जोरा ७ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । गुजरातका स्नेह पटेल, तेजास पटेल, जयमीत पटेलले र जाला युवराजसिंहले १–१ विकेट लिएका थिए ।

अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप श्रृंखला खेलेको हो । त्यतैबाट नेपाली टोली ओमान जानेछ ।

आइतबार, २५ चैत, २०८०, साँझको ०५:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर