गृह मन्त्रीको पद जोगाउनका लागि गरिएको अन्तिम कसरत विफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही समयअघि पत्रकार सम्मेलन गरी आफूलाई ‘बाहृ भाई’ ले खेदो खनेको बताए । लामिछानेले आफू अभिमन्यू नभएको भन्दै पत्रकार सम्मेलनमा ‘बाहृ भाई’ भनेपछि त्यसयता आम पाठक, दर्शक र श्रोताले पत्रकार र पत्रकारितालाई ‘बाहृ भाई’ भन्ने थालेका छन् । समाचारका हरेक कमेण्टमा ‘बाहृ भाई’ को विम्व तयार भएको छ ।

कोशी प्रदेशसभाका नेपाली कांग्रेसका आठ जना विद्रोही सांसदलाई बटुलेर सत्ताको धानी पु¥याएपछि कोशी प्रदेशका मुख्यमन्त्री भएका केदार कार्कीले यसै साता ‘फष्ट वेञ्च र लाष्ट वेञ्च’ का विषयमा दिएको विवादस्पद अभिव्यक्तिले एउटा विम्व नै तयार गरेको छ । सरकारी जागिर खाएकालाई फष्ट वेञ्चर र राजनीतिमा होमिएकालाई लास्ट वेञ्चर । हिजोआज त्यही अभिव्यक्तिका कारण मुख्यमन्त्री कार्कीको चैन हराएको छ । मुख्यमन्त्रीको अभिव्यक्तिलाई लिएर निजामती कर्मचारी आक्रोशित मात्रै भएका छैनन्, मुख्यमन्त्रीले अभिव्यक्ति फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

भारतका महान वैज्ञानिक एवम् राष्ट्रपति एपी जे अब्दुल कलामले कहिलेकाँही देशको उत्कृष्ट प्रतिभा कक्षा कोठाको लाष्ट वेञ्चमा पनि भेटिन सक्छ भन्ने आशय भन्दा कम तरिकाले मुख्यमन्त्रीले केदार कार्कीले लाष्ट वेञ्च र फष्ट वेञ्चको विम्व बनाएपछि सामाजिक सञ्जालमा सोही विम्व व्यक्त भइरहेको भेटिन्छ ।

नेपालको कर्मचारीतन्त्रमा उत्कृष्ट प्रतिभा आएपनि उनीहरुको ध्यान राज्यकोष दोहनमा मात्र भएको अभिव्यक्ति दिन खोजेका मुख्यमन्त्रीले जोडेको एउटा वाक्यले, लाष्ट वेञ्चर र फष्ट वेञ्चरको विम्व बनाएको छ ।विद्यालय जीवनमा पढाईमा औसत भन्दा कम वर्गमा पर्ने विद्यार्थीले सरस्वती पूजाका दिन विशेष प्रण लिने गरेको पाइन्छ । सरस्वती पूजनपछि दहृो मुट्ठी बनाएर आगामी दिनमा उत्कृष्ट ढङ्गले अध्ययन गरी कक्षा प्रथम हुने प्रण लिएको सोही विद्यार्थी दिन वित्दै जाँदा पुरानै लयमा फर्किएर पढाइमा मन लगाउन छोड्छ ।

उसले फेरी अर्को वर्षको सरस्वती पुजामा त्यस्तै किसिमको प्रण लिन्छ । हिजो सरस्वती पुजामा धेरै विद्यार्थीले आफूलाई सरस्वतीको आशिर्वाद प्राप्त होस् भनि मनोकामना व्यक्त गरे ।

अभिभावकले छोराछोरीलाई सरस्वती पुजामा पढ्न मन लागोस् भनि आशिर्वाद माग्नु भनि पक्कै सिकाएका थिए, होला । तर, मुख्यमन्त्रीको अभिव्यक्तिपछि अभिभावक र विद्यार्थी दुवै अलमलमा पर्नुलाई पनि आश्र्चय मान्न नसकिने अवस्था छ ।सरस्वती पुजाकै दिन परेको प्रणय दिवसले भने युवा पुस्तालाई विद्या र मुख्यमन्त्रीको लाइन भन्दा अलग्गै दुनियाँमा रमाइ रहेको घाम झै छर्लङ्ग छ ।