विराटनगर । दोस्रो जुनियर बेलबारी नगरपालिका स्तरीय तथा पाँचौँ सिनियर कोशी प्रदेश स्तरीय आई टिएफ तेक्वाण्डो प्रतियोगिता सुरु भएको छ ।
मोरङको बेलबारीमा तेक्वाण्डो प्रतियोगिता शुक्रवारदेखि सुरु भएको हो । डाँगीबाट आइटिएफ तेक्वाण्डो डोजाङ्ग आयोजना सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन बेलबारी नगरपालिका प्रमुख दिल प्रसाद राईले गरे । कार्यक्रममा बोल्दै प्रमुख राईले खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार लागि पर्ने बताए ।
उनले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट बिनायोजन गरेर बेलबारी नगरपालिका अगाडी बढनले उनले बताए । कार्यक्रममा नेपाल आइटिएफ तेक्वाण्डोका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले तेक्वान्दो खेलको विकासमा राज्यले ध्यान दिनुपर्नेमा जोड दिए ।
अहिले स्थानीय सरकारले खेलकुदमा बजेट बिनायोजनक गरेर विकासमा लागि परेको उनले बताए । प्रदेश र संघले खेलकुद क्षेत्रमा पर्याप्त बजेट बिनायोजनक नगरेको कारणले खेलकुद क्षेत्र पछाडि परेको उनले बताए ।
कार्यक्रममा नेपाल खेलकुद महासंघ मोरङका इन्चार्ज मनोज विक्रम शाह, नेपाल आइटिएफ केन्द्रीय उपाध्यक्ष चर्तुलाल चौधरी, बेलबारी नगरपालिका १० का वडाध्यक्ष गङ्गा याक्खालगायतको उपस्थिति रहेको थियो । डाँगीबाट आइटिएफ तेक्वाण्डो डोजाङ्गको अध्यक्ष धर्मेन्द्र लिम्बुको अध्यक्षतामा कार्यक्रम भएको हो ।