एजेन्सी ।अमेरिकामा एक न्यायाधीशले ४८ वर्षदेखि कैद भुक्तान गरिरहेका व्यक्तिलाई निर्दोष ठहर गरेका छन्।
अमेरिकाको ओक्लाहोमा राज्यका ग्लिन सिमोन्स ४८ वर्षपछि निर्दोस ठहरीका हुन ।
अमेरिकी इतिहासमा सबैभन्दा लामो समय गलत सजाय काट्ने नागरिक भएका छन्। उनले ४८ वर्ष १ महिना १८ दिन जेलमा बिताएका छन ।
जेल पर्दा २२ वर्षका सिमोन्स अहिले ७० वर्षका भइसकेका छन्। मंगलबार काउन्टी जिल्ला न्यायाधीश एमी पालुम्बोले सिमोन्सलाई निर्दोष ठहर गरेका हुन्।