काठमाडौं । एसियन गेम्सको १९ औं संस्करण चीनको हान्जाओमा आईतबार समापन हुदैछ । एसियाली महादीपको सबैभन्दा ठुलो प्रतियोगितामा २९ खेलमा २ सय ५३ खेलाडीलाई हान्जाओ एसियाडमा सहभागी गराएको नेपाल भने १ रजतर १ कास्य जितेको हो ।
सेमिफाइनल सम्म पुगेको महिला कबड्डी टिमले काँस्यपदक हातपार्न सफल रह्यो । समूह चरणमा बंगलादेशलाई हराउदै नेपालको पदक पक्का भएको थियो ।कराँतेकी एरिका गुरुङले कुमितेमा फाइनल सम्म पुगिन् । काजकिस्तानकी खेलाडीसँग फाइनलमा पराजित भएर उनले ऐतिहासिक स्वर्ण पदक जित्न भने चुकिन् ।
तर कराँतेबाट नेपाललाई ऐतिहासिक रजतपदक भने जिताईन् । एरिकाको रजतपदकनेपालकालागि १९ औं एसियाडको सबैभन्दाठुलो सफलता बनेको छ ।
नेपालीटिम सोमबार चीनबाट नेपाल फर्कने कार्यक्रम छ । यो प्रतियोगितामाचीनले सबैभन्दा धेरै २सय १ स्वर्णसहितकुल ३ सय ८३ पदकजित्दाजापानले ५२ स्वर्णसहित १ सय ८८ र दक्षिण कोरियाले ४२ स्वर्णसहित १सय९० पदकजितेको छ । भारतले २८ स्वर्णसहित १ सय७पदकजितेको छ ।