नेपालको पाँचौं विकेट गुम्यो, आसिफ ५८ रनमा आउट

विराटनगर । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पाँचौं विकेट गुमाएको छ ।

नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखलाई ५८ रनमा भारतीय बलर विराट कोइलीले क्याचआउट गरेका हुन् । उनले ९७ बलमा ८ चौका हानेका थिए ।

नेपालले ३० ओभरमा ५ विकेट गुमाएर १३५ रन जोडेको छ । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए ।

नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो । भारतका रवीन्द्र जडेजाले तीन तथा मोहम्मद सिराज र सार्दुल ठाकुरले एकएक विकेट लिए ।

सोमबार, १८ भदौ, २०८०, साँझको ०५:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर