सद्भावको शुभकामना

 पुण्य पी अधिकारी

आज हिन्दूहरूले धार्मिक महत्व, सद्भाव र सहिष्णुताको पर्व रक्षा बन्धन मनाउँदैछौँ । रक्षा बन्धन वा जनै पूर्णिमाको सबैमा सद्भावको शुभकामना ।पौराणिक कथा अनुसार यमराजले बहिनी यमूनालाई जसले रक्षा बन्धन वा राखी बाँध्छ उसले संकटबाट मुक्त भएको जनविश्वास छ । यही कारण आजको पर्वलाई हिन्दूहरूले धार्मिक सद्भाव, एकता, सहिष्णुता र हार्दिकता एवम् पारिवारिक मिलनको पर्वको रूपमा मनाउने गरेका छन् ।

विश्वमा प्रचलनमा रहेका अन्य धर्मको तुलनामा हिन्दू धर्ममा धार्मिक महत्वमा पर्व निकै छन् । सबै पर्वका विज्ञानसंगत पुष्टि र व्याख्या हिन्दू धर्ममा पाइन्छ । सबै धर्मका आआफ्ना विशिष्ट महत्व, मान्यता र धार्मिक पर्वका कारण सबै धर्म उच्चस्थानमा छन् । विश्वका कुनैपनि समुदाय वा सम्प्रदायले मनाउने र आस्था राख्ने धर्महरू खराब छैनन् ।धर्म खराब नभएपनि धर्मको अर्थ र भावनालाई बुझेको छु भन्नेहरूले धर्मको परिभाषा र व्याख्या फरक ढङ्गले गर्दा विश्वमा ठूल्ठूला धार्मिक दंगा र फसादहरू भएका छन् । जस कारण मानव सभ्यता र मानव जातिले नै क्षति व्यहोर्नु परेको छ ।

यसैसाता धर्मको विषयलाई लिएर हुन सक्ने सम्भावित संकटलाई मध्यनजर गरी सुनसरी प्रशासनले निषेधादेशले जारी गर्नुपर्यो । कुनै न कुनै हिसावले फरक धर्ममा आस्था राख्नेबिच धार्मिक विषयलाई लिएर हुन सक्ने संकट निराकरणका लागि नेपालजस्तो धार्मिक सहिष्णुताले भरिएको देशमा शोभनीय भने होइन । धर्मलाई फरक अर्थले अथ्र्याउने र आफू अनुकूल व्याख्या गर्नेहरूका कारण धर्म बदनाम हुनुपर्यो ।विश्वमा अन्य देशको तुलनामा नेपालमा धार्मिक सद्भाव, सहिष्णुता, हार्दिकता र सम्वेदनशीलता बढी नै छ । संविधानले नेपाललाई धर्म निरपेक्षका राष्ट्रका रूपमा व्याख्या गरेको छ । यसर्थ पनि नेपालमा धर्मका नाममा लडाइ, झगडा वा दंगाफसाद किमार्थ स्वीकार्य छैन । कोही पनि नेपालीलाई धर्मका नाममा काटमारको स्थितीमा रुचिकर छैन ।

हिन्दू धर्मले विश्वका अन्य धर्म, सम्प्रदाय वा समुदायलाई सद्भावको पाठ सिकाएको छ । विश्वका जुनकुनै धर्मले आपसी सद्भावलाई प्राथमिकता दिएका छन् । तर धार्मिक आस्थालाई चोट पु¥याउन उद्दत हुने सिमित व्यक्तिका कारण सामाजिक सद्भाव र दुर्घटनाका सम्भावनाहरू बढेर गएका छन् । आगामी साता विराटनगरमा श्री कृष्णरथ यात्रा हुँदैछ । सो रथयात्रामा देशका अन्य मेयरहरूसमेतलाई बोलाइने महानगरले जनाएको छ । यसले समेत सद्भावको सन्देश सबैमा छर्नेछ । अन्त्यमा रक्षाबन्धनसहित श्रीकृष्ण जन्माष्टमी र रथयात्राको शुभकामना ।

बिहिबार, १४ भदौ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर