काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले, ठुला ठालुका कारण मान्छे र माटोमा सीमा लगाउने प्रवृत्ति कुनै दिन अन्त्य हुन सक्ने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित वार्षिकोत्सव तथा साधारण सभा एवम् श्रष्ठा सम्मान कार्यक्रममा उनले राज्य र राज्य सत्ताले गर्दा मान्छे र माटोमा सिमाना लागेको बताए ।
त्यो बिस्तारै तोडिने उनको अनुमान छ । ‘गीत सङ्गीतमा सिमाना नहुने रहेछ तर सिमाना पृथ्वीमा छ मान्छेमा छ ।त्यो कसले लगायो ? यी सबै ठुला ठालुहरूले लगाए । पहिले पृथ्वी र यहाँको हावा पनि साझा थियो । यहाँ काम पनि साँझै थियो । तर मान्छे र माटोमा सिमाना लाग्दै गयो र हाम्रो २४ से राज्य निर्माण गर्ने प्रवृत्तिहरूले मुख्य गरी राज्य र राज्य सत्ताले एक दिन त्यो सिमाना समाप्त होला तर हामी नरहौला।’
उनले गीतसङ्गीतको क्षेत्रबाट कतिपय मुलुकहरूमा आर्थिक क्षेत्रमा सहजता प्रदान गरेको बताए । नेपालमा पनि यो क्षेत्रले महत्त्वपूर्ण योगदान दिने तर सरकारले यो बाटोमा कदम चाल्नु पर्ने उनको भनाई छ ।