स्विडेनलाई हराउँदै स्पेन फाइनलमा प्रवेश

अकल्यान्ड । उपाधि दावेदार स्वीडेनलाई पराजित गर्दै स्पेन फिफा महिला विश्वकप फुटबल २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

स्वीडेनलाई २–१ ले पराजित गर्दै स्पेन महिला विश्वकपको इतिहासमा पहिलोपल्ट फाइनलमा प्रवेश गरेको हो । सुरुवाती ६ संस्करणमा अनुपस्थित स्पेन सातौं संस्करणमा समूह चरणबाट बाहीरीएको थियो । गत संस्करणमा प्रि–क्वाटरफाइनलमा पुगेर बाहिरिएको थियो ।

न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा मंगलबार भएको खेलमा स्पेनको जितमा साल्मा पारालुएलो र ओल्गाले गोल गर्दा स्वीडेनकी रेविका ब्लमभिस्टको गोल सान्त्वना बन्यो ।

४२औं मिनेटमा ओल्गा कारमोनाको खराव क्लियरेन्सलाई नाथालि विजर्नको भली क्रसलाई फ्रिडोलिन रोल्फोको वान टच प्रहारलाई स्पेनकी गोलरक्षक काटालिन कोलले डाइभ दिदै बचाउँदा स्वीडेन अग्रता लिनबाट चुकेको थियो ।

७०औं मिनेटमा स्पेनले अग्रता लिने मौका खेर फालेको थियो । जेनिफर हर्मोसोको कट ब्याक पासमा अल्वा रेडोन्डोको प्रहार पहिलो बार च्याप्दै थोरै बाहिरीएको थियो ।

८१औं मिनेटमा साल्माले गोल गर्दै स्पेनलाई १–० को अग्रता दिलाएकी थिइन ।

८८औं मिनेटमा रेविका रेविकाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याइन् । उनले लिना हुर्टिगको पासमा गोल गर्न सफल भइन् । त्यसको एक मिनेटपछि नै ओल्गाले सुन्दर गोल गर्दे स्पेनलाई २–१ को जित दिलाएर फाइनल पुर्‍याएकी  छिन ।

स्पेनसँगको हारसँगै सबैं संस्करणमा सहभागी भएको स्वीडेन यसपटक पनि सेमिफाइनलभन्दा अघि बढ्न सकेन । अब स्पेनले उपाधिका लागि २० अगस्टमा इंग्ल्यान्ड र आयोजक अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । यि दुई टोलीबीचको सेमिफाइनल भोलि हुनेछ ।

मङ्गलबार, ३० साउन, २०८०, साँझको ०५:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर