सामाजिक सञ्जालमा भाइरले सिम्रनले ५ दिनमा गाइन ९ वटा गीत

काठमाडौं । सामाजिक सञ्जालमा भाइरल भएकी बागलुङकी सिम्रन परियारले ५ दिनमा ९ वटा गीत रेकर्ड गराएकी छन् । उनी भोजराज थापाले लिएको युट्युब अन्तवार्तापछि भाइरल भएकी थिइन् ।

उक्त अन्तवार्तामा उनले गीत गाउँदै गरेका भिडियो क्लिपहरू सामाजिक सञ्जालमा भाइरल छन ।

गीतकार सुनील बिसीले प्रमोद खरेलको स्वरमा रहेको आफ्नो गीत ‘उस्लाई पाउन २’को फिमेल भर्सन गाउन दिँदै सिम्रनलाई गायनमा ब्रेक दिएका थिए ।

उनले गाएका ‘मुटुमै घाउ छ’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत युट्युबमा सार्वजनिक भइसकेका छन् । ५ दिनमा ९ वटा गीतमा स्वर दिएर सिम्रन मंगलवार घर फर्किएकी छन् । ९ वटा गीत गाउँदा सिम्रनले ७० हजार रूपैयाँ कमाइ गरेकी छन् ।

सामाजिक सञ्जालमा भाइरल भएपछि गायनमा आएकी सिम्रनको स्वरलाई धेरैले रुचाएका छन् । संगीतकर्मीहरुले उनलाई संगीत सिक्न सुझाव दिएका छन् ।

मङ्गलबार, ३० साउन, २०८०, बिहानको ०९:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर