ग्रामथानमा डेंगीको लार्भा नष्ट गर्ने अभियान सुरु

ग्रामथान ।ग्रामथान गाउँपालिकाले डेंगी नियन्त्रणको अभियान सञ्चालन गरेको छ । डेंगी फैलाउने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियानसँगै सचेतनामूलक कार्यक्रम लिएर स्वास्थ्यकर्मीको टोली टोल टोलमा पुग्न थालेको छ ।

ग्रामथान स्वास्थ्य शाखाको समन्वय तथा ग्रामथानका स्वास्थ्य केन्द्रहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूले स्थानीयवासीहरूलाई डेंगीबाट बच्ने उपायहरूको बारेमा जानकारी दिँदै लामखुट्टे नियन्त्रणमा विशेष ध्यान दिन सचेत गराएका छन् ।

डेंगी रोगको असरका बारेमा जानकारी दिँदै उनीहरुले रोकथाम तथा नियन्त्रणमा समुदायका व्यक्तिहरुनै सचेत हुनुपर्ने बताइरहेका छन् । गाउँपालिकाले वडास्तरीय अभियान अगाडि बढाएको हो । यस क्रममा प्राथमिकता स्वास्थ्य केन्द्र झोराहाटमा निः शुल्क डेंगी जाँच गर्ने कार्य पनि सञ्चालन गरिएको ग्रामथान स्वास्थ्य शाखा प्रमुख राजकुमार झाले बताए ।

 

 

मङ्गलबार, १६ साउन, २०८०, बिहानको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर