काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले रामो नीति बनाएर कार्यान्वय गरे खेलकुदले देशको लागि राम्रो नतिजा दिने बताएका छन् ।
बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री लिम्बूले खेलाडीको जीवन वीमाको पक्ष पनि उत्तिकै आवश्यक रहेको बताए ।
उनले भने ‘ यस्तो खालको छलफलबाट निस्किएका कुराहरु कार्यान्वयन गर्दै जाने हो भने, आगामी दिनमा नयाँ कुरा सिर्जना गर्न सकिने खालको नीतिहरु बनाउन सक्छौ । राम्रो नीति बनाएर कार्यान्वयन गर्न सकियो भने त्यसले राम्रो परिणाम दिन्छ भन्ने मलाई लाग्छ । ’
मन्त्री लिम्बूले समितिका सदस्यहरुले दिएको सुझावलाई मन्त्रालयले गम्भीरता पूर्वक लिएर कानून बनाउने उल्लेख गर्दै स्रोतको खोजी गर्ने विषयमा पनि ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद्मा प्राविधिक जनशक्तिको कमि भएको कारणले पनि आएको बजेट पनि फिर्ता जाने गरेको उल्लेख गर्दै मन्त्री लिम्बूले भने देशभरिको योजनामा काम गर्नुपर्ने, अनुगमन र डिजाइन् गर्नुपर्ने छ । ५, ७ जना इञ्जिनियर मात्रै खेलकुदसँग छ । ’
खेलाडीहरुको जीवन वीमा गर्न सके उनीहरुले राम्रो नतिजा दिने बुझेर सोही अनुरुप योजना बनाउने प्रक्रियामा लागेको जानकारी पनि मन्त्री लिम्बूले दिए ।