लोड हुँदैछ...

मेनु

पूर्वमन्त्री मीना पाण्डेको निधन

पूर्वमन्त्री मीना पाण्डेको निधन

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डे निधन भएको छ । क्यासरबाट पीडित पाण्डेको मंलबार काठमाडौंमा उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको हो । पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिदैछ ।

सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष निर्वाचित भएकी पाण्डे ०५६ सालमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भएकी थिइन् । २०७४ मा उनी समानुपातिक सांसद बनेकी थिइन् ।

२०२५ सालदेखि राजनीतिमा लागेकी पाण्डे पद्मकन्या कलेजको स्ववियु सभापति समेत भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds