जनरल हस्पिटलमा आँखाको उपचार सुरू

विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको हो ।

अत्याधुनिक उपकरण जडान गरी संचालनमा ल्याएकोले आँखाको सम्पूर्ण उपचार सेवा सुचारु गरिएको अस्पतालका संस्थापक निर्देशक जयप्रकाश रायले जानकारी दिए । जनरल हस्पिटलमा आँखाको २४ सै घण्टा इमर्जेन्सी सेवा, मोतिविन्दुको शल्यक्रिया, अत्याधुनिक दुरबिनद्वारा शल्यक्रिया गर्ने व्यवस्था गरिएको छ । यसका साथै विदेशी लेन्सको प्रयोग गरी उपचार गर्ने अस्पतालले जनाएको छ ।

यस्तै आँखामा मासु पलाएको शल्यक्रिया, छड्के आँखालाई सिधा बनाउने, अल्छी आँखाको उपचार हुने अस्पतालले जनाएको छ ।
तीन कठ्ठा क्षेत्रफलमा १५ करोड भन्दा बढी लगानीमा अस्पताल संचालनमा आएको थियो ।

आइतबार, ०७ जेठ, २०८०, बिहानको ०८:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर