विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका स्थित एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको म्यानुफ्याक्चरिङ उद्योग राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ ।

बिहानपख २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । आगो नियन्त्रणका लागि १२ वटा दमकलसहित नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

आगलागीको कारण स्पष्ट नभएपनि विद्युत सर्ट भएर आगो लागेको हुनसक्ने प्रहरीले जनाएको छ ।
























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।