जनार्दन शर्मा नै अर्थमन्त्री बन्दै

विराटनगर । जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने भएका छन । उनले आजै को सपथ लिने स्रोतको भनाइरहेको छ । शर्माको सपथको तयारी भइरहेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका नेताहरुसँग छलफल गरेर शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउने शर्मानिक स्रोतले जनाएको छ । त्यसपछि उनले राष्ट्रपतिबाट पद तथा गोपनियताको सपथ लिनेछन्।

आर्थिक वर्ष २०७९÷्०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए।

सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो।

समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको हो। अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ।

आइतबार, १५ साउन, २०७९, बिहानको ११:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर