विराटनगर । जलबिधुत गृह आयोजनाको बिधुतगृह भत्किँदा जुम्लामा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
शुक्रवार बिहान जिल्लाको हिमा गाउँपालिका १ स्थित भित्री खोला जलबिधुत आयोजनाको बिधुतगृह भत्किँदा चौकीदार गोरखबहादुर रावतका श्रीमतीसहित दुई छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
शुक्रवार बिहान साढे २ बजेतिर गृह भत्किएको जुम्ला प्रहरीले जनाएको छ ।
एक्कासि विधुत गएपछि त्यहाँको अवस्था बुझ्न जाँदा तीनै जना पुरिएको अवस्थामा भेटिएका थिए ।
मृत्यु हुनेहरूमा ३० वर्षीय विमला रावत र उनका छोराहरू ९ वर्षीय भरत रावत र ८ वर्षीय सूर्य रावत रहेका छन् ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।