लोड हुँदैछ...

मेनु

इटहरीमा पहिचान झल्किने प्रतिमा राखिने

इटहरीमा पहिचान झल्किने प्रतिमा राखिने

इटहरी ।सुनसरीको इटहरीको मुख्य चोकमा पूर्वराजा वीरेन्द्र शाहको प्रतिमा राख्ने बहस चलिरहेको बेला पहिचान झल्किने प्रतिमा राखिने भएको छ ।

इटहरी उपमहानगरपालिकाले नगर शौन्दर्यीकरण अन्तर्गत पूर्वराजाको ठाउँमा इटहरीको पहिचानलाई प्राथमिकता दिइएको हो ।

 

हाल चोक शौन्दर्यीकरण गरी आकर्षक बनाउने काम धमाधम भइरहेको छ । केही समय अगाडिदेखि वीरेन्द्र शाहको मूर्ति राख्ने विषयमा बहस सुरु भएको थियो । तर, इटहरीका राजनैतिक दल तथा विभिन्न संस्थाहरू विरोधमा उत्रिएका थिए ।

मुख्यतः राप्रपा लगायत दलले पुर्वराजाको मूर्ति राख्न दबाब दिएका थिए । तर, इटहरी उपमहानगरपालिकाले हाल ७ लाखको लगानीमा चोक सजाउने काम गरिरहेको छ । केही दिनमै इटहरीको पहिचान झल्किने प्रतिमा राखिने मेयर हेमकर्ण पौडेलले बताएका छन् ।

 

इटहरीको इतिहाससँग जोडिएको पहिचान झल्किने र सबैको प्रतिनिधित्व हुनेगरि प्रतिमा तयार भइरहेको उपमानगरले जनाएको छ । इटहरीको मुख्य चोकमा हाई रिजोलुसनको सिसी क्यामेरा जडान भएको छ भने ट्राफिक लाइट जडानको तयारी भइरहेको ६ नम्बर वडाका वडाध्यक्ष दिवस पोखरेलले बताए ।

 

इटहरीका चारतिरका सडकमा २ किलोमिटर सम्म सडक बत्ती जडान गर्ने काम सुरु भएको छ । मुख्य चोकमा रहेका रुखमा हेलोजेन लाइट लगाउने र बोर्डहरूमा रङरोगन गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।