झापा । झापा गाउँपालिका –१ लसुनाका दुखिया राजवंशीले भतिज र भाउजूलाई अन्धाधुन्ध धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएका छन ।
४० वर्षीया भाउजू सिमसरी राजवंशी र १४ वर्षीय भतिज धनञ्जय राजवंशीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको स्थानीय प्रल्हादकुमार राजवंशीले बताए।
सिमसरीलाई हतियार प्रहार गरेको देखेका धनञ्जयलाई पनि आवेगमा आएर दुखियाले धारिलो हतियार प्रहार गरेका हुन् ।
दुखिया भने फरार छन्। घाइते सिमसरीको विर्तासिटी हस्पिटल बिर्तामोडको आइसीयू र धनञ्जयको बिर्तामोडकै बिएण्डसी अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको प्रल्हादकुमार राजवंशीले बताए।
दुखियाको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । घटनाको कारण अझै खुल्न सकेको छैन ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।