सुर्खेतको विरेन्द्रनको एक कुखुरा फार्ममा बर्डफ्ल्यु

विराटनगर । सुर्खेतको विरेन्द्रनको एक कुखुरा फार्ममा बर्डफ्ल्यु देखिएको छ ।

विरेन्द्रनगरको तातोपानी भन्ने गाउँमा रहेको एक फार्ममा रहेको कुखुरामा बर्डफ्ल्यु पुष्टि भएको पशुपन्छी विकास निर्देशनालय विरेन्द्रनगरका अधिकृत कृष्ण प्रसाद चपाईंले बताए ।

उनका अनुसार, त्यस फार्ममा रहेको कुखुरामा बर्डफ्ल्यु शंका भएपछि परीक्षण गरिएको थियो ।परीक्षणका क्रममा बर्डफ्ल्यु पुष्टि भएको अधिकृत चपाईंले जानकारी दिए ।

उनका अनुसार अहिले सो फार्ममा रहेको कुखुरा नष्ट गर्न लागिएको छ ।

बिहिबार, ०९ असार, २०७९, साँझको ०५:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर