विराटनगर । नेपाल अग्रवाल महिला मञ्चले मालपोत कार्यालय मोरङ र मोरङ जिल्ला अदालतमा आउने सेवाग्राहीका लागि चिसो पानीको मेसिनजडान गरिदिएको छ ।
निर्जला एकादशीको अवसर पारेर मञ्चले चिसो पानीको मेसिन जडान गरिदिएको हो ।
विराटनगर महानगरपालिकाका नवनिर्वाचित प्रमुख नागेश कोइरालाले मेसिनको उद्घाटन गरे ।उक्त मेसिन वरिष्ठ समाजसेवी दाजुभाइ महावीर प्रसाद गोयल र दीनबन्धु गोयललस्वर्गीय गौरीदेवी गोयलका पुण्य स्मृतिमा प्रदान गरेका हुन् । स्वर्गीय गौरी देवी महावीरकीधर्मपत्नी हुन् ।
निर्जला एकादशीका दिन जलदानको विशेष महत्त्व छ । मञ्चकाअध्यक्ष अनिता कलकतियाका अनुसार कार्यक्रममा मारवाडी सेवा समितिका अध्यक्ष गोविन्द झुनझुनवाला, अग्रवाल सभा विराटनगरका अध्यक्ष विशाल केडिया र मोरङ बार एसोसिएसनका अध्यक्ष कल्याण केसीको सहभागिता थियो । कार्यक्रममा मञ्चका सचिव वर्तिका खेतानले धन्यवाद ज्ञापन गरिन् ।

