नेपाली कांग्रेसका पार्टी कार्यालयमा तालाबन्दी

पोखरा । पोखरा महानगपालिकाको मेयर पद नेकपा (एस)ले पाउने भएपछि नेपाली कांग्रेसका कार्यकर्ताले कास्कीको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन ।

पोखरा महानगर समितिले बुधवार पार्टी कार्यालयमा तालाबन्दी गरेको हो ।

महानगर समिति सचिवद्वय टुवराज बास्तोला र गणेशबहादुर थापाले जिल्ला कार्यसमिति र गण्डकी प्रदेश कार्यसमितिलाई ध्यानाकर्षणपत्र बुझाउँदै पोखराको मेयर नेकपा (एस)ले पाउने खबरले आफूहरूको आत्मसम्मानमा गम्भीर चोट पुगेको जनाएका छन् ।

ध्यानाकर्षणपत्रमा प्रधानमन्त्री तथा कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले गण्डकी सभापति र कास्की सभापतिलाई किनाराको साक्षी राखेर पोखराको मेयर नेकपा (एस)लाई प्रस्ताव गर्ने गैरजिम्मेवारीपूर्ण निर्णयले महानगरपालिका कार्यसमितिले उपेक्षित महसुस गरेको पनि उल्लेख गरिएको छ ।

बुधबार, ०७ बैशाख, २०७९, दिउँसोको ०२:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर