कांग्रेसलाई ३ र अरूलाई एक–एक महानगर दिने सहमतिमा जुट्यो गठबन्धनमा तालमेल

काठमाडौं । स्थानीय तहको चुनावमा महानगर र उपमहानगरमा सिट बाँडफाँटमा पाँच दलीय गठबन्धनमा सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको गठबन्धन र कार्यदलको संयुक्त बैठकले महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलको टुंगो लगाएको हो ।

सहमति अनुसार काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका कांग्रेसले पाएको छ भने भरतपुर महानगरपालिका माओवादी केन्द्रको भागमा परेको छ । एकीकृत समाजवादीलाई पोखरा महानगरपालिका र जनता समाजवादी पार्टीलाई वीरगन्ज महानगरपालिका दिन पाँच दलीय गठबन्धनमा सहमति भएको हो ।

पोखरा महानगरपालिका कांग्रेसले दाबी गरे पनि अन्तिममा कांग्रेसका नेताहरू उक्त महानगरपालिका एकीकृत समाजवादीलाई दिन सहमत भएका हुन् । देशभरको ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिका केन्द्रीय गठबन्धनबाटै बाँडफाँट गर्ने पाँच दलका शीर्ष नेताहरूको सहमति थियो ।

गठबन्धनमा सहमति गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले चितवन र कास्कीका नेताहरूलाई बालुवाटार बोलाएर भरतपुर र पोखराको माग छाड्न सहयोग मागेका थिए ।

मङ्गलबार, ०६ बैशाख, २०७९, साँझको ०५:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर