विराटनगर । मोरङको जहदामागाउँपालिकामासम्पन्न ‘अध्यक्षकपक्रिकेट टुर्नामेन्ट–२०७८’ को विजेताको उपाधिजहदा–४ ले हात पारेको छ ।
शनिबार भएको फाईनल खेलमाआयोजकलक्ष्मिनियायुवाक्लबलाई १५ रनले पराजितगर्दै जहदा–४ ले टुर्नामेन्टको विजेताको उपाधिहातपारेको हो । टस जितेर ब्याटिङ गरेको जहदा–४ ले निर्धारित २० मध्ये १९ औं ओभरको प्रगतिमा सबै विकेट गुमाई १६५ रनको स्कोर खडा गरेको थियो । जहदा–४ का लागिरबिन मण्डलले सर्वाधिक ४९ रन बनाउँदाबिशाल मण्डलले २७, सुमन राजवंशीले १९, महेश मण्डलले १५, निरज गौतमले १३ र चन्दन सिंहले १० रन जोडेका थिए । जहदा–४ का लागिअमोद मण्डलले ३ विकेट लिँदानिरज, रबिन र चन्दनले २÷२ तथा सुमन राजवंशीले १ विकेट लिएकाथिए ।
१६६ रनको लक्ष्यपाएको लक्ष्मिनियायुवाक्लब१७औं ओभरको प्रगतिमासबै विकेट गुमाउँदै १५१ रनमासिमितभएको थियो । क्लबकातर्फबाट अभिषेक सिंहले सर्वाधिक ६४ रन जोड्दा श्यामसुन्दर मण्डलले ३२, अभिषेक साहले १७ र बलरामकामतले १० रनको योगदानदिएकाथिए । लक्ष्मिनियायुवाक्लबकालागि बलरामकामतले २ विकेट लिँदानिरञ्जन अधिकारी र श्यामसुन्दर मण्डलले २÷२ तथाअभिषेक सिंह, अङ्कित सिंह राजपुत र जयकिशोर यादवले १÷१ विकेट लिएकाथिए ।
खेलको ‘म्यानअफ द म्याच’विजेताजहदा–४ का रबिन मण्डल भए । उनले कप र प्रमाण–पत्रप्राप्त गरे । यस्तै टुर्नामेन्टको ‘म्यानअफ द सिरिज’उप–विजेतालक्ष्मिनियायुवाक्लबकाअभिषेक सिहं, बेस्ट बलर क्लबकै निरञ्जन अधिकारी, बेस्ट क्याचविजेता टीमजहदा–४ का विशाल मण्डल र बेस्ट फिल्डर सोही टीमका चन्दन सिंह घोषित भए । उनीहरुले पनि मेडल र प्रमाण–पत्रप्राप्त गरे ।
केहीप्राविधिक समस्याका कारण टुर्नामेन्टको दोश्रो सेमिफाईनल खेल शुक्रबार नै भएपनिपहिलो सेमिफाईनलभने शनिबार बिहानभएको थियो । पहिलो सेमिफाईनलमाजहदा–४ ले जहदा–२ लाई ३४ रनले पराजित गरेपछि जहदा–४ फाईनलमापुगेको थियो ।
शनिबार भएको फाईनलमाविजेताको उपाधिहातपारेको जहदा–४ ले मेडल र प्रमाण–पत्र सहितनगद रु. ३१ हजार तथाउप–विजेता बनेको लक्ष्मिनियायुवाक्लबले मेडल र प्रमाण–पत्र सहितनगद रु. २१ हजारको पुरस्कार प्राप्तग¥यो ।प्रदेश नं. १ सरकारका स्वास्थ्यमन्त्री जयरामयादवतथाजहदागाउँपालिकाकाअध्यक्ष कैलाशप्रसाद मण्डलले विजेता र उप–विजेता टीमलाई पुरस्कृत गरेका थिए ।
खेलको औपचारिक कार्यक्रममाबोल्दै प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयरामयादवलेपनिपछिल्लो समय आयोजकक्लबको भुमिका र सक्रियता बढ्दै गएको बिषयको प्रशंसा गरे । उनले भोलिकादिनमाक्लबलाई चाहिने आवश्यक सहयोगकानिम्त्तिआफु सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।कार्यक्रमलाई सम्बोधनगर्दैजहदागाउँपालिकाकाअध्यक्ष मण्डलले लक्ष्मिनियायुवाक्लबद्वारा आयोजितयसप्रकारले खेलले राष्ट्रियस्तरका खेलाडीहरुको उत्पादनमा सहयोग पु¥याउने बताए । उनले आयोजक टीमप्रति आभार समेत प्रकट गरे ।
लक्ष्मिनियायुवाक्लबले २०७५ सालदेखि प्रत्येक वर्ष क्रिकेट टुर्नामेन्टको आयोजनागर्दै आईरहेको छ । क्लबले यसअघि पनिभने २०७५, २०७६ र २०७७मा ३ पटकसम्म क्रिकेट टुर्नामेन्टको आयोजनागरिसकेको छ ।