भोलिसम्म भागबण्डा सबै टुंगिन्छ : प्रचण्ड

भरतपुर ।सत्ता साझेदार दलका बीचमा निर्वाचनमा गठबन्धनको टुङ्गो भोलिसम्ममा लागि सक्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन । भरतपुर विमानस्थलमा शनिबार पत्रकारसँग कुराकानी गर्दै उनले आजै साँझसम्ममा खाका तयार हुनेसमेत दावि गरे ।

निर्वाचनका समयमा एउटै पार्टीभित्रसमेत विवाद, बहस हुने जनाउँदै उनले दलका बीचमा सहमतिमा आउन समय लाग्नु स्वभाविक रहेको बताए।

भरतपुर महानगरको मेयरका विषयमा पनि छलफल भइरहेको प्रचण्डले जानकारी दिए।

‘केही समस्या हुँदैन। सबै टुङ्गिन्छ, आरामसँग टुङ्गिन्छ,’ उनले भने।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी सम्बन्धमा गठबन्धनभित्र सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो।

शनिबार, ०३ बैशाख, २०७९, बिहानको ११:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर