मोरङमा सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगियो

विराटनगर । मोरङमा शुक्रवार बसेको सत्तारुढ गठबन्धनको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएकोको छ ।

भागवण्डा मिलाउनका लागि बसेको कार्यदलको बैठक बिना निष्कर्ष टुंगिएकोको हो । नेपाली कांग्रेस मोरङको पार्टी कार्यालय विराटनगरमा कार्यदलको बैठक बसेको थियो ।

बैठकमा कांग्रेसबाट उपसभापति भक्तिनाथ माझी, माओवादी केन्द्रबाट जिल्ला संयोजक विजय विश्वास, जसपा अध्यक्ष राजकुमार यादव र नेकपा एकिकृत समाजवादी पार्टीका नेता उद्धव पोखरेल सहभागी थिए ।

कार्यदलका सदस्यहरुले आ–आफनो दावि नछाडेका कारण बैठक बिना निष्कर्ष टुंगिएकोको हो ।

बैठकमा नेपाली कांग्रेसले ११ वटा पालिकामा दाबी गरेको छ भने नेकपा एकिकृत समाजवादी पार्टीले पथरीशनिश्चरे, उर्लाबारीमध्ये एउटा पालिका पाउनुपर्ने दाबी गरेको छ । यस्तै जसपाले धनपालथान,जहदा गाउँपालिका र सुनबर्सी नगरपालिकामा दाबी प्रस्तुत गरेको छ । माओवादी केन्द्रले ६ वटा पालिकामा दाबी प्रस्तुत गरेको छ ।

शनिबार पुन बैठक बस्ने गरी स्थगति भएको माओवादी केन्द्र मोरङ संयोजक विजय विश्वासले बताए ।

शुक्रबार, ०२ बैशाख, २०७९, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर