विराटनगर । नेकपा माओवादी केन्द्रले मोरङको सुन्दरहरैंचा नगरपालिकाका लागि आगामी निर्वाचनमा लड्ने प्रमुख तथा उपप्रमुखको उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
सुन्दरहरैंचा नगरसचिवालयको बैठकले नगर प्रमुखमा कुमारी राई (रचना), लक्ष्मी न्यौपाने (लता) र दुश्यन्त भट्टराईको नाम सिफारिस गरेको छ । यस्तै उपप्रमुखमा भने नवराज चापागाईं, सिटा कडरिया र गिताप्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ ।
माओवादी केन्द्रले प्रदेश सदस्य खेमराज सुन्दास (अरुण)को नेतृत्वमा लता न्यौपाने, गिता श्रेष्ठ र दुश्यन्त भट्टराई रहेको गठबन्धन दलहरुसँग वार्ता गर्ने समिति पनि निर्माण गरेको छ । बैठकले भोली (शुक्रबार)सम्ममा सबै वडाको उम्मेद्वार सिफारिस गरिसक्ने र संगठन विस्तार तथा सुदृढीकरणका साथै जारी रहेको चुनावी अभियानलाई लिएर निरन्तर जनतामा जाने निर्णय पनि गरेको छ ।