काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले निर्णय प्रति आपत्ति जनाएका छन् ।
एमालेका पूर्वउपाध्यक्ष समेत रहेका नेता रावलले ठूलो ठेकेदारले सानो ठेकेदारलाई पेटी ठेक्का दिएजस्तो सूर्य चिन्ह दिन नमिल्ने जिकिर गरेका छन् ।
रावलले सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ? के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ? यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ? दलीय प्रणाली र कम्युनिष्ट पार्टीको फजिती मात्र ।’
बुधबारमात्र एमाले र राप्रपा नेपालबीचको सहमतिमा सूर्य चिन्हबाटै चुनाव लड्ने सहमति भएको थियो ।