राप्रपा र विप्लवसँग सहकार्य हुनसक्छः ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा राप्रपा र विप्लब नेतृत्वको पार्टीसँग सहकार्य हुनसक्ने बताएका छन् ।

विराटनगरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले राप्रपा र बिप्लबसँग चुनाबी सहकार्य हुनसक्ने बताएका हुन् ।

साना दलहरुले चुनाब हार्लान भनेर एमालेले सहकार्य गर्न आग्रह गरेको दावी गर्दै ओलीले २–४ व्यक्ति र उनीहरुको गठबन्धनसँग एमाले नडराउने बताए । विप्लबलाई देखाएर गठबन्धनवालाहरुले चुनाब सार्ने षड्यन्त्र गर्ने शंका उत्पन्न भएको बताउँदै उनले त्यसो गर्न नदिइने बताए ।

आफ्नो नेतृत्वको सरकारको कारणले अर्थतन्त्र ध्वस्त नभएको जिकिर गर्दै ओलीले एमाले नेतृत्वको सरकारका कारण अर्थतन्त्र ध्वस्त भएको भन्नेहरुको मानसिक अवस्था ठिक नभएको आरोप लगाए । ९ महिना सरकारको नेतृत्व गर्दा नै अहिलेको सरकारले अर्थतन्त्र ध्वस्त पारेको उनको दावी छ ।

ओलीले गठबन्धन दलको सरकार भ्रष्ट भएकोले यसलाई डस्बिनमा फाल्नुपर्ने बताए । ‘गठबन्धनको भ्रष्ट सरकारलाई एमालेले डस्विनमा फाल्छ,’ उनले भने ‘नौं महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो ग¥यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो ।’

चैत्र ३०, २०७८, दिउँसोको ०२:०५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर