धादिङमा जिल्ला समन्वय समितिमा समेत गठबन्धन गर्ने सहमति

धादिङ । सत्ता गठबन्धनले आउने स्थानीय तह निर्वाचनमा धादिङका सबै वडा, पालिका र जिल्ला समन्वय समितिमा समेत एमालेविरुद्ध तालमेल गर्ने सहमति जनाएका छन् ।
गठबन्धनको बैठकले सबै तहको चुनावमा गठबन्धन गर्ने र साझा उम्मेदवार दिने निर्णय गरेको हो ।

गठबन्धनको बैठकमा मुख्यमन्त्री राजेन्द्र पाण्डे, नेकपा एसका उपमहासचिव गंगालाल तुलाधर, माओवादी नेता तथा आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेल समेत सहभागी भएका थिए ।

बैठकले धादिङका १०४ वटै वडामा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

गठबन्धनका दलका संयुक्त सचिवालय धादिङबेसीमा खोल्ने निर्णय समेत बैठकमा भएको छ ।

चैत्र २५, २०७८, दिउँसोको ०३:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर