नेपाल बार निर्वाचनमा गठबन्धनको प्यानलै विजयी

काठमाडौं । नेपाल बार एसोसिएनसको कार्यसमिति निर्वाचनमा वाम– लोकतान्त्रिक गठबन्धनले प्यानलै जितेको छ ।

अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिमा गठबन्धनका उम्मेदवारले जीत हासिल गरेका हुन् ।

गत शनिबार भएको निर्वाचनको मत गणना भने शुक्रबार सकिएको हो । बारको अध्यक्षमा वाम– लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रत्यासी गोपालकृष्ण घिमिरेले मतगणना नसकिँदै जित सुनिश्चित गरिसकेका थिए भने उपाध्यक्ष, महासचिवसहितका उम्मेदवार पनि धेरै मतान्तरले अघि थिए ।

मत गणना सकिएकाले मत परिणाम भने केही बेरमा सार्वजनिक गर्ने निर्वाचन समितिले जनाएको छ ।

गठबन्धनका उम्मेदवारले प्रतिस्पर्धी एमाले निकट वकिलको समूहलाई तोब्बरभन्दा बढी मतले जीत हासिल गरेका हुन् ।

चैत्र २५, २०७८, दिउँसोको ०२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर