शुक्रबार मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू हुने

काठमाडौं । शुक्रबार मध्यरातदेखि लागू हुनेगरी निर्वाचन आयोगलेस्थानीय तह निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्ने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले तयार पारेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भैसकेको छ ।

निर्वाचन मिति नजिकिँदै गएपछि आयोगले तयारीसँगै दलहरूलाई समेत बोलाएर आचारसंहिता पालना गराउन प्रतिवद्धता जनाउन लगाएको थियो । वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो ।

निर्वाचन आयोगकाअनुसार शुक्रबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू भएको घोषणा गरिँदैछ । आजै शुक्रबार ५ बजे आयोगले पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू भएको घोषणा गर्ने भएको हो ।

चैत्र २५, २०७८, दिउँसोको १२:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर